बागमती प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय

आयुर्वेद औषधि उत्पादन केन्द्र

रत्ननगर-०१, चितवन,नेपाल

आयुर्वेद औषधि उत्पादन केन्द्रको आधिकारिक वेबसाइटमा तपाईलाई स्वागत गर्दछौ ।
चितवनको रत्ननगर नगरपालिका वडा नं ०१ मा मिति २०७९/०४/२४ मा स्थापना भएको आयुर्वेद औषधि उत्पादन केन्द्र सरकारी स्तरमा यस किसिमको नविन केन्द्र हो । यहाँ बागमती प्रदेशका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा नि:शुल्क वितरण गरिने २३ प्रकारका आयुर्वेद औषधिहरू प्राथामिकताका आधारमा र अन्य आयुर्वेद औषधि उत्पादन गरिन्छ, जसले स्थानीय र प्रादेशिक स्तरमा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसका साथ साथै आयुर्वेद औषधि उत्पादनका लागि जडिबुटी तथा कच्चा पदार्थ नेपालमै उपलब्ध हुँदा हुँदै आयुर्वेद औषधिमा वार्षिक रुपमा बाहिरिने करोडौ रकम जोगाउन सकिने र आयुर्वेद औषधि प्रदेशमै उत्पादन गरी सो आयुर्वेद औषधिमा आत्मनिर्भर हुन सकिने यस केन्द्रको ध्येय रहेको छ । 

हाम्रो प्रमुख उद्देश्य भनेको आयुर्वेदिक औषधिहरूको प्रभावकारिता र पहुँचलाई बढावा दिनु हो । जसका लागि यस केन्द्रले परम्परागत आयुर्वेदिक चिकित्सा पद्धतिमा समर्पित भई यस पद्धतिका ज्ञान र सिद्धान्तहरूलाई आधुनिक विज्ञान र प्रविधिसँग मिलाएर उच्च गुणस्तरीय औषधिहरू उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसैले हामी निरन्तर अनुसन्धान र विकासमा तल्लिन रहदै हाम्रो उत्पादनहरू सुरक्षित, प्रभावकारी र गुणवत्तायुक्त बनाउन केन्द्रित छौँ । हामीले हाम्रा उत्पादनहरूलाई वैज्ञानिक मापदण्डअनुसार आवश्यक मानकहरुको आधारमा परिक्षण गरि उत्पादनको गुणस्तरियता सुनिश्चित गर्दछौँ ।