बागमती प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय

आयुर्वेद औषधि उत्पादन केन्द्र

रत्ननगर-०१, चितवन,नेपाल

जडिबुटी प्रवर्धन तथा व्यवस्थापन शाखा

शाखाले आयुर्वेद औषधिको कच्चा पदार्थको प्रवर्धन र औषधि उत्पादन शाखासँग समन्वय गर्दै कच्चा पदार्थको खरिद, प्रारम्भिक भण्डारण (Quarantine) र उत्पादित औषधिको वितरण तथा बजारिकरण गर्दछ । यसले कच्चा पदार्थ र औषधिको गुणस्तर कायम गरउन सहयोग पुर्याउँछ र Pharmacoeconomics सम्बन्धी सूचना सङ्कलन, विश्लेषण, र अभिलेखन गर्दछ। औषधि र औषधिजन्य वस्तुहरूको वैज्ञानिक मूल्याङ्कन गरेर बजारीकरण वा निकासीका लागि मूल्य निर्धारण गर्ने कार्यमा संलग्न रहन्छ । यसले औषधिको सन्दर्भ मुल्य सुचिको प्रकाशन, सम्झौताको माध्यमबाट औषधि मुल्य निर्धारण, बजारमा उपलब्ध आयुर्वेद औषधिको मुल्य अनुगमन र औषधिको उपलब्धता र मुल्य बारे अनुसन्धान जस्ता कार्य गर्दछ ।