स्वास्थ्य मन्त्रालयलाई आयुर्वेद औषधि र कच्चा पदार्थको अनुसन्धान, विकास, उत्पादन, बजारीकरण, र नियमनमा आवश्यक सहयोग गर्ने गर्दछ । आयुर्वेद औषधिको परीक्षण, विश्लेषण, गुणस्तर नियन्त्रण र नियमनलाई सुनिश्चित गर्ने कार्यमा हाम्रो सस्था समर्पित छ । यो प्रक्रिया अन्तर्गत, गुणस्तरीय औषधिहरूको उत्पादन, आपूर्तिको व्यवस्थापन, भण्डारण र वितरणलाई प्रवर्धन गर्दै, औषधिजन्य वस्तुहरूको विकास र प्रयोगसम्बन्धी अध्ययन अनुसन्धान पनि आयुर्वेद औषधी उत्पादन केन्द्रले गर्दछ। प्रदेशको आयुर्वेद Pharmacovigilance केन्द्रको रुपमा काम गर्दै प्रदेशभित्र खपत हुने औषधिको प्रक्षेपण, प्रयोग, प्रभाव-दुश्प्रभावको बारेमा सम्बन्धित संस्थाहरुसंग समन्वय तथा समीक्षा गर्ने र यसका साथ-साथै जिल्ला तथा स्थानीय स्वास्थ्य संस्थाहरूलाई औषधि भण्डारण र वितरण योजना तयार गरी कार्यान्वयन गर्नुका साथै आयुर्वेद औषधि र जडिबुटीको जनचेतना अभिवृद्धि, संस्थागत र जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने । प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले तोकिएका अन्य कार्यहरू पनि पूरा गर्ने ।